पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनी अघिल्लो कार्यकालका सदस्यसचिव हुन्। अख्तियारले उनीविरुद्ध एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको छ। उनी कोषमा ३२ साउन ०७४ देखि ३० जेठ ०७९ सम्म सदस्यसचिव थिए। अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया