BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

कैलालीमा पनि स्याउको व्यवसायिक खेति सुरु

तराईमा पनि स्याउ फल्ने भएपछि किसान उत्साहित

applefirming

 
काठमाडौ । हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा पहिलो पटक व्यावसायिक स्याउको उत्पादन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एक कृषकले लटरम्म स्याउ फलाएका छन् । 
चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा गोकर्ण ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन् । तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । उनको बगैचामा स्याउको बोटमा अहिले लटरम्म स्याउ फलेका छन् । परीक्षणका लागि २० बोटमा मात्रै स्याउ फल्न दिइउको छ  ।  यो स्याउको बोटको दुई वर्ष पुगेपछि मात्रै फल लाग्न दिनु राम्रो हुने  कृषक ओलीको भनाइ छ ।
एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएर उनले खेती गरेको हुन् । यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुने गरेको कृषक ओलीले बताए । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जावलगायत धेरै ठाउँमा स्याउखेती हुँदै आएको छ । ओलीले १ हजार दुई सय स्याउको बोट लगाएका छन् ।  आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनको योजना छ । 
प्रतापपुरमा पहिलो पटक स्याउको बगैचा स्थापना भएको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जोखिम मोलेर तराईमा स्याउ खेती गर्दा त्यो सफल भएको प्रतिक्रिया दिए 
भारतबाट बर्सेनी करोडौंको स्याउ भित्रिने गरेको भन्दै जोशीले तराईमा धेरै जग्गा भएका अरु किसानले पनि स्याउ खेतीबाट कृषकले राम्रो आर्थिक लाभ लिन सक्ने देखिएको छ । 

 
 

प्रतिक्रिया