गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
_DUF1w7wSYo_lq4z05opz1tlzcy0s1e9mkmsdag4ruue9rxhrzvrfkhgsgejz8am7m7mghj7_W4KwpCYw4h_d0wnbsdp6svr4eaeaq7wdw0l2jxny6knntooqb1qxr5upoennrnx5dcour2j.jpg)
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् ।उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरेका छन् ।
रिटमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै मुद्दा नरहेको भनी लेखेको पत्र बदर गर्न माग गरिएको छ ।
पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया