नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_1Tkd9tTohm_qjhjnsknsow5tyrrjfhwlxpawm1mjuutz5nw3pvajxvyxffta6h7ptozclqu_BOj9hygN2d_po78jhfscikkafnvqyfjcjyjzme2zfs8sxvn27s9r3z6hw34qnztpso9tzgp_nGTloKetAr_7dlf547xwczqq9jojnnm7hdgpulcdmhj1v2mfnhvo9bm6s4s5fh7ghyi3e8n_vTXCpkEKrv_sulf13udp8vnuqxmcq0ynkipz3r5rrhbbahfrncgwmhhjudqtv8jjc9ipdxh.jpg)
साताको पहिलो कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अंकले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको हो । आज एक करोड १० लाख कित्ता चार अर्ब ४४ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स र सीईडीबी हाइड्रोपावर कम्पनीको साढे १५ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । बजार घटेको दिन आज कालिञ्चोक दर्शन प्रालिको शेयर १० प्रतिशतले बढेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेका छन । कारोबारमा आएका २९ वटा कम्पनीको मूल्य बढ्दा २१५ वटाको घटेको छ भने ३ वटाको स्टकको मूल्य भने स्थिर रहेको छ ।।
प्रतिक्रिया