राप्रपाको सहायक कोषाध्यक्षमा शोभित उप्रेती
![](https://snowberry.prixacdn.net/media/gallery_folder/k%2520Sir_YOQKXNGLKU_cexetp2glez3mtwupycjlral64r8ntwpqqyrg14royc5a6bqcw24urcxoi12_Q9Q62j6lU6_zcjwky1u7qpfrr2wyfhxonokffgj2fufh1qwtr8nkwaqfz163nlbhhl9u7ej.jpg)
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएकाछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको दृष्टिकोण तय गरे लगत्तै लिङदेनले पदाधिकारी थपेका हुन् ।
उप्रेती यसअघि राप्रपाको केन्द्रीय सदस्य थिए । समाजसेवामा विशेष रुचि भएका उप्रेती वैदेशिक मामिलामा दख्खल राख्दछन्।
प्रतिक्रिया