विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते

बाजुराको जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका क्रममा रारा जान लागेको जीप दुर्घटनामा परेको छ । जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएको बताइएको छ । मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना भएको भएको हो । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा शिक्षक र विद्यार्थी घाइते भएको प्रहरी जनाएको छ । रारा शैक्षिक भ्रमणका लागि गएका कक्षा १० मा अध्ययरत विद्यार्थी चढेको ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएको श्रीकोट रोल प्रहरी चौकीले जनाएको छ । घाइते हुनेमा ११ जना विद्यार्थी, २ जना शिक्षिका र जीप चालक रहेका छन् । घाइते विद्यार्थी, शिक्षिका र चालकको खत्याड गाउँपालिका रहेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया