सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी गर्नुपर्दैन, देशमा सबै कानुन मातहत छन्: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नुनपर्ने बताएका छन्। झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई बिहीबार उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका छन् ।
‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर चर्चा भइरहेको छ,’ ओलीले अगाडि भने, ‘कुनै पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गरियो ? किन यस्तो बोल्यो भन्ने विषय होइन, सिरोहिया पक्राउ प्रकरण । विषय त अर्कै छ । फौजदारी कुरा होला त्यो त। यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो…., त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ ।’
उनले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने पनि बताए ।
अधिवेशन उद्घान कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले जनताको मन जित्ने गरी एकता बनाएर अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया