वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त
![](https://snowberry.prixacdn.net/media/gallery_folder/devendra-raman-khanal-1716447115_DpbsgVaXLN_1je89euq0iexucbfxsbwz8qdcirbjwsyvsxjxe6y8zjzzvvp2fy2zr73va1f_6iyCs2Wt6S_6q0dypahdszc2avkgxpiuv2ihlmau5g6tekzfd9y1nu5yisef73lw80l5vs1.jpg)
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए ।बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम अन्तिम सूचिमा परेको थियो ।
प्रतिक्रिया