उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sandeep-Lamichhane-2-1-1024x576_sGGjKZzrl1_lrtvmj9u22fhnhzb1we608sxyw6agnn2tlc6wtisvju58ajmcmgbqcblaouv_ACPhWpt3sX_ro1lcevjgihyt34pgm4ttgvgbzqh5jj1cxtnhdhgwd5h6v5pxlbfc9awrsyw_9BRmuBSHub_ilphpauiqxyxfxx4myhgz3wd1biudycentsstquvfqf4ywvfuoxrpmj3pd5p_HdW8PJGvOk_2zj1cwvxv3lzcjxq6vcutmuzhfb5cb4deqrevwqkigsc8maqmqykqdysq2cv.jpg)
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो।
उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेको आरोप बदर गर्दै खेलमा लागेको प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएको छ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।
प्रतिक्रिया