जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-pratinidhi-sabha_UwB6EaULwY_kza5j6kkdoqczghkzenh0uz72tqimfisvf4oqiece5xpiv924ctiyw99wa2p_QT8g69yQMV_qlceth6ietxrvca9epnn5yrjaflnzxylbr5062uffpdfmcglr5jvjxpgpzje_pmtOWJhuKm_t9r3ww9fmf6dq5hhdr9clifin37xszweqrz9gg3fgzbrwnxs0zktfnnqw65v.jpg)
आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ । प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ । त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ । सँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको समूह विभाजन गरिएको छ । यसअघि समूह एक, दुई, तीन र चारमा रहेका सांसदहरूले प्रश्न सोधिसकेका छन् । अब समूह पाँचमा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन् ।
प्रतिक्रिया