हनुमान ढोका परिसरमा सिकाली अजिमा नृत्य प्रदर्शन

सम्पूर्ण मानव जगत्को कल्याण, समृद्धिको कामना गर्दै सिकाली जात्रा काठमाडौंको हनुमान ढोकामा प्रदर्शन गरिएको छ । खोकनाको सिकालीमा हरेक वर्ष नाचिने देवगण नाच १२ वर्षको अन्तरालमा देखाउने परम्परा अनुसार आईतबार राती काठमाडौँ क्षेत्रमा सिकाली अजिमा नृत्य प्रदर्शन गरिएको हो । सिकाली नृत्यमा रुद्रायणी, शिव, सिकली, हनुमान, आदि सहित चौध देवताहरू समावेश हुने गर्दछन । 
रुद्रायणी वा सिकली देवीको शोभायात्रासँगै काठको रथमा बोकेर मन्दिर अगाडि विभिन्न पवित्र तामाका भाँडाहरू राखेर यो जात्रा सुुरु हुने गर्दछ । सिकाली जात्रा सेतो लुगा लगाएका पुजारी, चौध मुखौटा देवताहरू सहित, नृत्य गर्न एकसाथ प्रस्तुत हुने गर्दछन । 
रोग, भोक, विपत्ति नास होस् भन्ने कामना गरी नृत्य गर्ने परम्परा रहेको जानकार बताउछन । सिकाली जात्रा काठमाडौं उपत्यकामा तलेजु देवी र नेपालका विगतका राजाहरूलाई संस्कृतिकोको हिस्साको रुपमा समेत लिने गरिन्छ । 
खोकनाबाट आएका देवगणले हनुमानढोकाभित्र नासःतलेजु भगवतीको अगाडि त्रिशूल चोक र कालभैरवपछाडि  देवी नाच प्रदर्शन गरेका हुन । सिकाली जात्रालाई श्री स्वस्थानी लिलाको अंशको रूपमा समेत लिने गरिन्छ ।खोकनामा भने दशैंको विकल्पमा सिकली जात्रा मनाउने प्रचलन छ । 
 

प्रतिक्रिया