पश्चिमी नेपालमा रेडक्रसकाे गैर-संक्रामक रोग न्युनिकरण अभियान शुरु

नेपाल रेडक्रस सोसाइटीले पश्चिमी नेपालका नगरपालिकाहरूमा गैर–संक्रामक रोगको जोखिम कम गर्ने अभियान शुरु गरेको छ  ।   रेडक्रस सोसाइटीले आज काठमाडौंमा एक कार्यक्रम गरी उक्त अभियानको शुरुवात गरेको हो । रेडक्रसले गैरसंक्रामक रोग लागेका मानिसहरुको मात्र नभई समुदायको उत्थानशिलतामा सहयोग पु¥याउनका लागि यस परियोजनालाई पहिलो पाईलाको रुपमा लिएको छ । 
डेनिस रेडक्रसको संयोजन तथा आरहंस विश्वविद्यालय र क्यानेडियन रेडक्रसको साझेदारीमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका दुई पालिकाहरु भजनी नगरपालिका र लालझाण्डी गाउँपालिकामा परियोजना संचालन हुने बताइएको छ ।  रेडक्रसले लामो समयदेखि विपद् पूर्वतयारी तथा प्रतिकार्यमा काम गर्दै आर्ईरहेको अवस्थामा गैरसंक्रामक रोग बिरुद्ध पनि काम गर्नु महत्वपूर्ण कदम रहेको छ । अभियानले परियोजनाको उपलब्धिले नेपाल रेडक्रसलाई पारम्परिक काम गराईबाट वैज्ञानिक रुपमा काम गर्नका लागि रुपान्तरण गर्न मदद्त गर्ने आशा राखेको छ ।
 

प्रतिक्रिया