कतारका राजाको नेपाल भ्रमण सुनौलो अवसर: परराष्ट्रविद्

नेपालको लगानी सम्मेलन अघि कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन् । थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाई छ । नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको जानकारको भनाइ छ । गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताउछन ।  
परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिरको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताउछन । 
भ्रमणका क्रममा सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्व दिन आवश्यक रहेको उनीहरुको भनाइ छ ।  कतारी अमिर एशियाली मुलुकको औपचारिक भ्रमणमा फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन । 

प्रतिक्रिया