लगानी सम्मेलनका लागि कानुन संशोधन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

मधु मरासिनीलाई अर्थसचिव बनाउने सरकारको निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलनलाई लक्षित गरी कानुन संसोधनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्न सरकारले सिफारिस गरेको हो । बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो । उद्योग स्थापना, सन्चालन तथा सुरक्षासँग सम्बद्ध विभिन्न  ऐन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो । अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन, जग्गा प्राप्ति ऐन, विद्युतीय कारोबार ऐन,  विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, वन ऐन  र औद्योगिक व्यवसाय ऐनलाई संशोधन गर्न लागिएको होरु। त्यस्तै  सरकारले कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ ।  साथै मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । 

प्रतिक्रिया