कम्युनिष्टहरुविच पुन एकता हुने प्रधानमन्त्री दाहालको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन ।  आज ललितपुर च्यासलमा नरबहादुर कर्मचार्य स्मृति सभालाई सम्बोधन गर्दै उनले वाम एकता जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताएका हुन । समाजवाद नै अबको क्रान्तिको बाटो भएको भन्दै प्रधानमन्त्री दाहालेल कम्युनिष्टहरु कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए । 
प्रधानमन्त्री दाहाले राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको स्पष्ट पारे । 

प्रतिक्रिया