हामीले सहज महशुस गर्न सकेका छैनौँ, गठबन्धन कति दिनसम्म चल्छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताए । ललितपुर च्यासलमा नरबहादुर कर्मचार्य स्मृति सभालाई सम्बोधन गर्दै नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै दाहाल नेतृत्वले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरेका हुन । अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको उनको भनाइ थियो । वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका अध्यक्ष नेपालको थियो । 
 

प्रतिक्रिया