राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन

शिक्षा मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  मन्त्रीस्तरीय निर्णय अनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईहरूलाई निर्देशन दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेपछि कारवाही प्रक्रिया अघि बढेको हो । शिक्षा ऐन र शिक्षा नियमावली अनुसार शिक्षक राजनीतिक दलमा आबद्ध हुन नपाउने भन्दै उच्च अदालत पाटनले समेत यसअघि नै परमादेश जारी गरिसकेको छ । शिक्षा मन्त्रालयको उक्त निर्णयमा भने शिक्षक कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् ।  कक्षा १२ सम्मको अध्यापन गराउने देशभर चार लाख २० हजार शिक्षक छन्  नेपाल शिक्षक महासंघका अनुसार देशभर महासङ्घमा आबद्ध र सम्बद्ध गरी १५ वटा संस्थाहरू छन् ।  नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, नेकपा एमाले एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संघ लगायतका शिक्षक संगठन देशभर क्रियाशील छन ।। 

प्रतिक्रिया