उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित
काठमाडौं । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ को प्रचारमा जुटेका छन । आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको विकासको जिम्मा आफ्नो पार्टी र आफूले नै लिने आश्वासनसमेत दिइरहेका छन् । ५ वैशाखमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले चुनावी सभा गरेका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चुनावी घरदैलोमा छन् । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अध्यक्ष रवि लामिछाने पनि चुनावी–सभामा व्यस्त छन् । नेपाली कांग्रेसले इलाममा शनिबार गरेको चुनावी–सभामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्लेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी–सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम पुगेका छन । निर्वाचनमा नेकपा एमालेमा सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खडका, रास्वपाका मिलन लिम्बुविच तिब्र प्रतिस्पर्धा हुने आंकलन छ । चुनावमा एकीकृत समाजवादीले जितबहादुर राई, जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङ, पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बु, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको गत २६ भदौमा निधन भएपछि बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया