रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिनसमेत माग गरेका छन् । प्रदर्शनकारीले युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार गर्नसमेत माग गरेका छन् । त्यस्तै रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्यांक सार्वजनिक गर्न पनि उनीहरूको माग छ । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । रुसी सेनामा कति संख्यामा नेपाली भर्ती भएका छन् भन्ने यकिन तथ्यांक भने अझै उपलब्ध छैन । 

प्रतिक्रिया