प्रदेश प्रमुखले संविधान विपरीत काम गरिरहेको कांग्रेसको निष्कर्ष

अदालतको समेत मानहानी गरेको ठहर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरुले संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको हो । प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको कांग्रेसको ठहर छ । प्रदेश प्रमुखले अदालतको मानहानि गरेको निस्कर्ष सहित कांग्रेसले कानुनी उपचारमा जाने प्रक्रियालाई जारी नै राख्ने जनाएको छ । सभामुखलाई गणना गरी एमालेका खगराज अधिकारीले दाबी पेस गर्दा गण्डकी प्रदेशमा प्रदेश प्रमुख शिवराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले सर्वोच्चमा दायर गरेको रिटमा दश गते सुनुवाइ हुँदैछ ।यही बिचमा प्रदेश प्रमुख भट्टले वैशाख ७ गते प्रदेशसभाको बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बहुमतसहित दाबी पेस गर्दा पनि प्रदेश प्रमुख नजिर मियाँले अस्वीकार गरेर असंवैधानिक काम गरेको कांग्रेसको भनाइ छ । प्रदेशमा भइरहेको असंवैधानिक कामबारे कानुनविद्सँग समेत कांग्रेसले छलफल गरेको छ । यसैविच सुदुरपश्चिममा सरकार गठनका लागि एमालेले साथ नदिए एकीकृत समाजवादीलाई कांग्रेसले सघाउने भएको छ । नेपाली कांग्रेसका सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीच हिजो भएको भेटमा यस्तो सहमति बनेको हो । 

प्रतिक्रिया