लुम्बिनीका मुख्यमन्त्री महराद्वारा मन्त्रीपरिषद विस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गरेका हुन् । प्रदेश सरकारमा एमालेले पाँच, माओवादीले मुख्यमन्त्री सहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय पाएका छन । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी छ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । यो संगै प्रदेशमा मन्त्रालयको संख्या दश पुगेको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ पाँच बजेका लागि राखिएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया