सरकारको सिफारिसमा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा  दुईको खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयल जनाएको छ । शाक्यलाई २०७९ चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि मनोनीत सांसद विमला पौड्यालको पदावधि सकिएपछि  रिक्त स्थानमा शाक्यलाई सिफारिश गरिएको हो ।  एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् । उनी विगतमा एमाले कोटामै राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेकी थिइन् । सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।।

प्रतिक्रिया