महालेखा परीक्षक रायाले आजवाट काम थाल्ने

 

महालेखा परीक्षक तोयम रायाले आजवाट काम थाल्ने भएका छन । छ वर्षे कार्यकालका लागि नियुक्तिका लागि सिफारिस भएका रायमाझीको आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । सपथपछि उनले आजै पदभार ग्रहण गर्न लागेका हुन । बुधबार सार्वजनिक बिदा भएकोले आज शपथ ग्रहणको कार्यक्रम राखिएको हो । मंगलबार संसदीय सुनवाइपछि रायमाझीलाई अनुमोदन गरेको थियो । महालेखा परीक्षकमा संसदीय सुनुवाइ समितिको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।गत जेठ ९ गते महालेखा परीक्षक टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो ।। 
 

प्रतिक्रिया