पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए । उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थि ए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए ।  स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।। 
 

प्रतिक्रिया