धर्मको आडमा हुने सवैखाले विभेद र छुवाछुत अन्त्य गर्नुपर्छः डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले धर्मको आडमा हुने सवैखाले विभेद र छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । भारतीय संविधानका निर्माता एंवम समाजसुधारक डा. भिमराव अम्वेड्करको १३३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हिन्दु धर्मशास्त्रमा भएका विकृतिलाई अन्त्य गर्नका लागि शास्त्रलाई सुधार्न धर्मगुरु तयार हुनुपर्ने बताए । धर्मका आडमा हुने विभेद नेपालको मात्र नभई भारतको समेत ठूलो समस्या रहेकाले प्रधानमन्त्री नरेन्द्र मोदीले हल गर्न पहल गर्नुपर्ने भट्टराईको भनाइ थियो । 


सत्य र न्यायको लागि एक्लै भए पनि निरन्तर लड्नुपर्नेमा डा.अम्वेड्करबाट सिक्नुपर्ने भट्टराईले बताए । नेपाल–भारत दलित मैत्री समाजको आयोजनामा भएको कार्यक्रममा दलित अभियन्ता लगायत भारतीय दुतावासका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया