श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात लाख नाघ्यो

काठमाडौं । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका हुन ।  अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या पनि सात लाख ७३ हजार २ सय ४२ हजार थियो । अघिल्लो बर्ष भन्दा यो बर्ष  ६१ हजार ८ सय १९ जना बढिले श्रम स्वीकृति लिएका छन । २०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स युएई भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना फागुन महिन) सम्म नौ अर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात अर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । 
 

प्रतिक्रिया