सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बोलाइएको हो । संसद अधिवेशन अन्त्य भएपनि समसामयिक राजनीति र बजेट तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले संसदीय दलले जनाएको छ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बताइएको छ । सँसदको हिउँदे अधिवेशन भने हिजो मात्रै अन्त्य भएको थियो ।

प्रतिक्रिया