भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा आजदेखि सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने  गर्दछन । आज साँझ टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिने छ । टौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तान्रुने गर्दछन् । रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ । नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ । बिस्केट जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ र  त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको किंवदन्ती छ ।

प्रतिक्रिया