BREAKING:
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

व्यापारी रामहरि श्रेष्ठकोहत्या अभियोगमा फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त खाम ठमेलबाट पक्राउ परेका हुन् । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकूका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । २०६५ सालमा व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो । २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए । त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा पुर्याइएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामको समूहले अपहरण गरेको थियो । शक्तिखोर शिविरबाट मारिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्द बहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया