लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकद्धारा बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए । केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सो समयसम्म विश्वासको मत नपाए बैकल्पिक सरकार गठन प्रक्रिया अघि बढनेछ । माओवादी , एमाले सहित दलहरू पनि केन्द्रीय समीकरण अनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छन । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जसपा सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ । रुलुम्बिनीमा नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिएका छन ।
प्रतिक्रिया