भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने

नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यमा पर्न सफल भोजपुरको मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न महोत्सव हुने भएको छ । यो क्षेत्रको विकाससँगै प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो । मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।  महोत्सव अवधिभर मुन्दुम पदमार्गको बृतचित्र प्रर्दशनी, साँस्कृतिक झाँकी प्रदर्शन,बाघखोरबाट चखेवासम्म मुन्दुम दौड, कविता बाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरुको प्रस्तृति रहने आयोजकले जनाएको छ ।महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार, सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताए । महोत्सवमा जैविक अर्गानिक खानाका परिकार तथा प्रर्दशनी रहने बताइएको छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीयस्तरमा पालिएका भेडा, सुँगुर,कुखुरालगायतको परिकार रहने भएका हुन । किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

प्रतिक्रिया