विदेशी लगानी ल्याउन एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक: भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छिन । पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो र गतिशिल बनाउन आवश्यक रहेको उल्लेख गरेकी हुन । सरकारले विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो बनाउनसके मात्रै विदेशी लगानी सहज रुपमा आउनसक्ने दाबी पूर्व अध्यक्ष राणाको छ ।
पूर्वअध्यक्ष राणाले विदेशी लगानीकर्ताहरु १० वटा निकायहरुमा धाउनुपर्ने वातावरणको अन्त्य गर्न सरकारलाई सुझाव दिइन । उनले वनका समस्या,उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या झनझटबाट मुक्त हुनेगरी विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत भित्र्याउने विषयमा सरकारले ध्यान दिनुपर्ने पनि बताइन । विदेशी लगानीको वातावरण बनाउनको लागि मुलुकमा स्थिर सरकार र नीति आवश्यकता रहेको पूर्व अध्यक्ष राणाको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री ओली
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता
बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

प्रतिक्रिया