एआईआईबीको उच्चस्तरीय प्रतिनिधिद्धारा अर्थमन्त्र पुन अनन्तसँग शिष्टाचार भेट
एसियाली पूर्वाधार लगानी बैंक ‘एआईआईबी’ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गर्दै नेपाल उच्च प्राथमिकतामा रहेको बताएको हो । भेटमा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका छन । मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । जवाफमा बैंकका निर्देशक आरएमपी रथनायके नेतृत्वको टोलीले नेपाल एआईआईबीको उच्च प्राथमिकतामा रहेको जानकारी गराएका हुन । आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको उनले बताए । सो क्रममा मन्त्री पुनले आगामी वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता समेत दिएका छन ।।
प्रतिक्रिया