आज मिथिला सहित जनकपुरधाममा आज होली मनाइदै

माछामासु नखानेले बुधबार मात्रै होली खेल्ने

तराईका जिल्लाहरुमा सोमबार नै होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदैछ । अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली आज मनाउन लागिएको हो । कतिपयले मंगलबार माछामासु नखाने हुँदा भोलीसमेत होली मनाउने तयारी गरेका छन । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । विहानैदेखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अबीर दली होली पर्व मनाइ रहेका छन । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । जनकपुरको होली हेर्न ठूलो संख्यामा विदशी पर्यटकहरु जनकपुर आएका छन् । पन्ध्र दिने मध्यमा परिक्रमाको समापन भएको एकदिनपछि जनकपुरमा होली मनाईने गरिन्छ । जनकपुरको चोक चोकमा जोगिरा गायनका साथै मटकाफोर कार्यक्रमहरु भइरहेको छ । दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिबल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुशी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ । फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अंगालो मारी माया–प्रेम बाँड्ने चलन छ । ज्नकपुरधाममा त्रेता युगमा भगवान राम र सीताले होली खेलेको मान्यता रहेको छ ।। 
 

प्रतिक्रिया