राष्ट्रसंघ सुरक्षा परिषदद्वारा गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव बहुमतद्वारा पारित

संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ ।  इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि पछिल्लो प्रस्तावमा मतदान भएको हो । युद्ध शुरु भएदेखि सुरक्षा परिषद्ले गाजामा बिग्रँदो मानवीय स्थितिमा दुई प्रस्ताव पारित गरेको हो तर कुनै पनि प्रस्तावले युद्धविरामको आह्वान गरेका छैनन् । रमजान आगामी महिना समाप्त हुने भएकाले युद्धविरामको माग दुई साता मात्रै रहनेछ । यद्यपि मस्यौदा प्रस्तावमा ‘स्थायी दिगो युद्धविराम हुनुपर्छ’ भनिएको छ । सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्रुमा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको हो । सोमबार स्वीकृत भएको प्रस्तावले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा शत्रुता रोक्न जारी वार्तामा असर पु¥याउनसक्ने चेतावनी अमेरिकाले दिएको छ । यसबाट यो पटक अमेरिकाले अर्को भिटो लगाउने सम्भावना छ । परिषद्का  १० सदस्यले प्रस्तुत गरेको प्रस्तावलाई रुस, चीन र राष्ट्रसंघमा २२ मुलुकको अरब समूहको समर्थन छ । अरब समूहले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यसँग ‘एकता र तत्परताका साथ काम गर्न’ र ‘रक्तपात रोक्न, मानव जीवनको रक्षा गर्न र थप मानवीय पीडा र विनाश रोक्न’ प्रस्तावको पक्षमा मतदान गर्न अपिल गरिएको छ । गाजाले पछिल्लो समय गम्भीर मानवीय आपतकालको सामना गर्नुपरिरहेको छ । युद्धको वृद्धिले यस क्षेत्रका २३ लाख मानिसमध्ये आधा भोकमरीको छेउमा पुग्नसक्ने बताइएको छ ।। 
 

प्रतिक्रिया