दीपक कार्कीले गरे वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पद तथा गोपनियताको शपथग्रहण गरेका हुन । कार्की जनता समाजवादी पार्टी, नेपालका सांसद हुन । आजै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् । योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । नयाँ गठबन्धन बनेयता प्रधानमन्त्री दाहालले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसअनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएका छन ।

प्रतिक्रिया