झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनसँगै एमबीबीएस अध्यापनमा बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र कुमार चुडालको संयुक्त इजलासले आज मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईंको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । प्रसाईले आफ्नो कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा दुई वटा रिट दायर गरेका थिए । सरकारले आशयपत्र प्रदान गरे अनुसार आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रसाई अदालत पुगेका हुन । 

प्रतिक्रिया