ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने सरकारको तयारी
_STpa4HFhtw_flah2qgketbnsuppps5b5f4ffqjfgy7glzm7ev9hoibg6w94qplhucdxiqd4_vQK8YtkIAL_jrm0rztla1ulovvzagakzn0f7nzlkggsnsjfdvhwp3mmnw8qizbm0kterff7.jpg)
सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन । ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने काठमाडौं प्रशासनले जनाएको छ ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले प्रशासनसँग ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा चौबिसै घन्टा सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन ।
दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको सुझाव व्यवसायीले दिएका छन । व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने सहमति प्रशासन र व्यवसायीविच भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले तयारी थालेको हो ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया