नेप्सेमा दोहोरो अंकको गिरावट

होली पर्वपछि खुलेको सेयर बजार आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७ दशमलब ०१ अंकले घटेर २ हजार ३१ दशमलब ५५ विन्दुमा कायम भएको हो । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । आज गोर्खाज फाइनान्सको २८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्टको १३अर्ब, सोनापुरको ८ करोड, हिमालयन रिइन्स्योरेन्सको ६ करोड र घोराही सिमेन्टको ५ करोड बढी मूल्यको सेयर कारोबार भएको छ । दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढेको छ ।  तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो । किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घटेको छ । आज ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । 
 

प्रतिक्रिया