इलाम र बझाङ दुबै उपनर्वाचनमा एकीकृत समाजवादीले  प्रतिस्पर्धा गर्ने

नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अगामाी उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन । आज काभ्रेको बनेपामा पार्टीको काभ्रे जिल्ला समितिको १० औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिका पदाधिकारीहरुलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवादीले दुबै जिल्लामा उम्मेदवारी दिने बताएका हुन । अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरुसग नभए एक्लै भएपनि निर्वाचनमा लड्ने बताए । 
अध्यक्ष नेपालले दुवै ठाउँमा हुने उप–निर्वाचनमा उम्मेदवार दिने या सहमतिका आधारमा अघि बढने भन्ने विषयमा दलहरुविच छलफल भैरहेको पनि बताए ।  चैत्र ४ गते सम्पन्न काभ्रेको १० औं जिल्ला अधिवशेनबाट बसुन्धरा हुमागाईको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटि सदस्यले अध्यक्ष नेपालवाट सपथ लिएका हुन । सो क्रममा अध्यक्ष नेपालले पार्टीको लोकप्रियताका लागि काम निर्देशन दिदैं देशप्रति बफादार भएर काम गर्न निर्देशन दिए । 
 

प्रतिक्रिया