बाग्लुङदेखी पोखरासम्म विद्युतीय माइक्रोबस सेवा सञ्चालन

बाग्लुङदेखी पोखरासम्म विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात सेवाले माइक्रो बस सञ्चालनमा ल्याएको हो । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न नेपालमा ल्याइएको गाडी अन्य जिल्लामा सफल परीक्षण भएकोले बाग्लुङबाट पनि  सञ्चालन गरिएको सञ्चालकको भनाइ छ । 
बस सेवाको शुभारम्भ गर्दै बाग्लुङ नगर प्रमुख वसन्त कुमार श्रेष्ठले विद्युतीय साधनको ध्वनि तथा वातावरण प्रदुषण रहित रहेकोले समयानुकुल इलेक्ट्रिक बस सेवा प्रभावकारी बन्ने बताए । 
बस बाग्लुङ नगरपालिका चार उपल्लाचौर देखि श्रीनगर टोल हुँदै बाजरको मुख्य सडकबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेट सम्म पुग्ने छ । हरेक दिन बिहान ६ बजेदेखि चारबजेसम्म छुट्ने सञ्चालकको भनाइ छ । विद्युतीय बस निर्धारित समयमै छुट्ने र दुई घण्टामा पोखरा पुग्न सकिने सञ्चालकको भनाइ छ । पहिलो चरणमा बाग्लुङबाट पोखरा संचालन गर्न एक करोड १० लाख रुपैयाँ खर्च भएको छ । बाग्लुङबाट काठमाण्डौ, नारायणगढ लगायतका शहरहरुमा समेत संचालन गर्ने योजन सञ्चालकको छ । 
 

प्रतिक्रिया