एसईईका लागि सबै तयारी पूरा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउनेजस्ता तयारी पूरा भएको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । पछिल्लो समय एसईईमा छात्राभन्दा छात्रको संख्या निरन्तर बढ्न थालेको छ ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष एसइईमा सहभागी हुनका लागि पाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेका छन । गत २०७९ सालको एसइईमा पनि छात्राभन्दा छात्र नै बढी सहभागी भएका थिए । त्यति बेला परीक्षामा सहभागी कुल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थीमध्ये छात्राको सङ्ख्या दुई लाख ५५ हजार ९१७ जना थिए । छात्रको सङ्ख्या छात्राको तुलनामा करिब पाँच हजार बढी अर्थात् दुई लाख ६० हजार ६७४ जना थियो । यस वर्ष छात्राभन्दा छात्रको सङ्ख्या धेरै रहेको प्रदेशमा बागमती, गण्डकी र मधेश रहेका छन् । बागमतीमा छात्राको सङ्ख्या ५१ हजार २८९ जना रहेको छ तर छात्रको सङ्ख्या ५४ हजार ४५३ छ । मधेश प्रदेशमा छात्रा र छात्रको सङ्ख्या व्रmमशः ४२ हजार २४८ र ४३ हजार ६८५ छ । यस्तै गण्डकी प्रदेशमा छात्रा र छात्र परीक्षार्थीको सङ्ख्या क्रमशः २१ हजार १०६ जना र २२ हजार ७३ रहेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया