ललितपुरमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवाको मृत्यु


ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । ललितपुरको धोलाहिटीमा आइतबार होली पर्व मनाउने क्रममा दुई समूहबीच झडप हुँदा दुई युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर घर भई हाल ललितपुरको धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई हाल धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन । आइतबार राति भएको उक्त झडपमा मृत्यु भएका पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैविच प्रहरीले  होली पर्व मनाउने क्रममा हिजो जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई सय ६२ जना पुरुष र १५ जना महिला रहेका छन । यसैगरी, जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले हिजो छ सय ६४ वटा गाडीलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमध्ये चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।जाँडरक्सी खाएर  गाडी चलाउने तथा गाडीका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई  मोटरसाइकल, स्कुटर  चलाउनेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया