रुसद्वारा युक्रेनको राजधानी किभमा शृङ्खलाबद्ध हवाई आक्रमण

रुसले युक्रेनको राजधानी कीभमा फेरि आक्रमण सुरु गरेको छ । रुसी सेनाले कीभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । कीभमा रूसी आक्रमण बिहान पाँच बजे सुरु भएको थियो । शुक्रबार पनि रुसले दर्जनौँ मिसाइल प्रहार गरेको थियो । जसका कारण युक्रेनको एउटा बाँधमा नराम्ररी क्षति पुगेको छ । बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भएको छ भने धेरै युक्रेनी क्षेत्रहरू अन्धकारमा डुबेका थिए । आक्रमणपछि युक्रेनले पूरै देशमा सावधानी आदेश जारी गरेको छ । आक्रमणको बिचमा, कीभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेशनतिर दौडिरहेको दृश्य अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेक छन । युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डले पनि आफ्नो वायुसेना सतर्क अवस्थामा राखेको छ ।  आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभीभमा रुसी हवाई हमला गरेपछि पोल्याण्डले पनि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ । 

प्रतिक्रिया