नेपालले आज आयरल्यान्ड उल्भ्ससँग पहिलो टी–ट्वान्टी खेल्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_r2VDH1EioW_bssns47am7yh0woaixf7feqa1o9ntonmnodc1fh27rccewag3rb0homvcalm_354mpTHuvU_mjukicqyow5j4qsiijyqqohhrtxlexe5egnqcmu9ntll1l8jhe5k7pgfdqx2.jpg)
पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड उल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । आयरल्यान्ड उल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेलमा रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिने छ । यसपछिका तीन ट्वान्टी–२० र एकदिवसीय शृंखला भने आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले खेल्नेछ । जसको कप्तानी विनोद भण्डारीले गर्नेछन् । आयरल्यान्ड उल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ खेल खेल्नेछ । तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते हुनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।
प्रतिक्रिया