इलाम–२ को उपनिर्वाचनमा एमाले सुहाङ नेम्वाङलाई उमेदवार बनाउने

नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको हो । सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय एमालेले गरेको छ । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् । उमेदवारका पक्षमा समर्थन गर्न सत्ता साझेदार दललाई अपिल गर्ने निर्णय पनि एमालेले गरेको छ । 
आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त  छ । यस्तै सचिवालय बैठकले ऐन महरलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको एमाले सचिवालय बैठकले महरले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको थियो । तर आजको बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा फर्काउने निर्णय गरेको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गरेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।  उनी र एकजना युवतीको नाममा सामाजिक सञ्जालमा विवादित अडिओ र भिडिओ भाइरल भएपछि विवादमा तानिएका थिए । 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान