पर्यटकहरु पनि रमाए होलीमा, पर्यटकहरु पनि  रमाए होलीमा, स्थानीय युवा युवतीसँग रंग खेलेर खुसी साटासाट

काठमाडौं उपत्यकामा आज पर्यटकहरुले पनि फागू पर्व मनाएका छन । नेपालीसँग मिलेर विदेशी पर्यटकहरुले पनि काठमाडौंका वसन्तपुर र ठमेल क्षेत्रमा होली खेलेका हुन । कतिपय फागूमा रमाउनकै लागि भनेर नेपाल आएको बताएका छन । ठमेलसँगै न्यूरोड, बसन्तपुर, पाटन, भक्तपुर दरवार स्क्वायर लगायत स्थानमा पनि पर्यटकहरुले नेपालीहरुसँगै फागुमा रमाएका छन । नेपाल घुम्न आएका पर्यटकहरुले स्थानीय युवा युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाएका हुन । होलीमा रमाउने कतिपयले नेपालको झण्डा बनाएर अनुहार नै पेन्ट गरेका थिए । पर्यटकहरुले ह्याप्पी होली लेखिएको सेतो रंगको टिसर्ट लगाएर हातमा पिचकारी बोक्दै रंग खेल्दै हिडेको दृश्य काठमाडौंका पर्यटकीय स्थलमा देखिएको छ । 
 

प्रतिक्रिया