आज फागु पर्व, काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।  आईतवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिका दहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ । आजका दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । फागु पुर्णिमाका अबसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत संबैधानिक निकायका प्रमुख र प्रमुख दलका नेताहरुले शुभकामना प्रकट गरेका छन । फागु पर्वका अबसरमा आज सरकारले विदा समेत दिएको छ ।। 
 

प्रतिक्रिया