मिसान ८४ का लागि नयाँ सत्ता समीकरण बनाउनु परेको एमाले महासचिव पोखरेलको भनाइ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आईतवार पहाड र सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो । शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताए । उनले होलीका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको जानकारी दिए । होलीलाई सुरक्षित र संयमित बनाउनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी प्रहरीले गरेको छ । 
प्रहरीले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगरी सुरक्षित र संयमित भएर होली मनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया