हुम्लाको अदानचुलीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा सु प ०१००१ को गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ  । दुर्घटनामा परेका मृतक र घाइतेको उद्धार भइरहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाडी स्थानीय धनमल महताराको रहेको छ ।

प्रतिक्रिया